आइतबार, मंसिर ९ गते २०८१

सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा फेल, मौका परीक्षा भदौ २५ र २६ गते

सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा फेल, मौका परीक्षा भदौ २५ र २६ गते

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८१
  • सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा फेल, मौका परीक्षा भदौ २५ र २६ गते

    कक्षा १२ को सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीहरू अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सबैभन्दा बढी एनजी अंग्रेजी विषयमा आएको जनाएको हो ।

    images

    बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । देशभरबाट सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ र ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

    यस्तै एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेको छ । मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार