काठमाडौं । थाई एयर एसियाले बैंकक–भैरहवा उडान गर्ने अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरलाई बैंकक–भैरहवा उडानको अनुमति दिएको हो ।
अबदेखि थाई एयर एसियालेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडान गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् ।
उनकाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन उडान हुनेछन् ।