आइतबार, मंसिर ९ गते २०८१

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइयो, पर्सि भोटो जात्रा

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइयो, पर्सि भोटो जात्रा

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८१
  • रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइयो, पर्सि भोटो जात्रा

    वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएसँगै आइतबार भोटो जात्रा देखाइने भएको छ।

    images

    वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जावलाखेल पुर्‍याइएको हो। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याएको चार दिनमा भोटो देखाइन्छ। जावलाखेलको हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले पर्सि आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ।

    bd8e6381-17bf-4bf2-b31a-c10671cfb782.jpeg

    भोट जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने प्रचलन छ। हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। जावलाखेल पुर्‍याइएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।

    भोटो जात्रा देखाइसकेपछि मच्छिन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ। परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार