सोमबार, भदौ ३१ गते २०८१

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

अखबार दैनिक
मंगलबार, साउन १५ २०८१
  • मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

    काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौँमा आज आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० जना मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।

    images

    अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रूपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए ।

    अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । आजको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरूको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा ३ दिन पश्चात् मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।

    अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरूले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरू सिकाइनेछ ।

    मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ