सोमबार, मंसिर १० गते २०८१

महोत्तरीमा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

महोत्तरीमा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

अखबार दैनिक
सोमबार, साउन १४ २०८१
  • महोत्तरीमा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय रिदम अधिकारीको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

    images

    डीएसपी जयसवारका अनुसार शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेको थियो । उनको शव खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे दुई बजेतिर फेला परेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार