आइतबार, भदौ २३ गते २०८१

ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

अखबार दैनिक
सोमबार, साउन ७ २०८१
  • ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

    काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । 

    images

    भ्यानकुभर र टोरन्टोबिच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ । सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलो पटक यो लिग खेल्ने छन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ