आइतबार, भदौ २३ गते २०८१

श्रीलंकन टोलीविरूद्ध नेपालको २ रनको जित

श्रीलंकन टोलीविरूद्ध नेपालको २ रनको जित

अखबार दैनिक
मंगलबार, साउन १ २०८१
  • श्रीलंकन टोलीविरूद्ध नेपालको २ रनको जित

    वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित हात पारेको छ। यसअघिका दुई खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको जित निकालेको छ। तेस्रो खेलमा १३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई नेपालले २० ओभरमा ११० रनमै रोकेको हो। 

    images

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११२  रन जोड्यो। नेपालका लागि रुबिना क्षेत्रीले ३७ रन र विन्दू रावलले २० रन बनाए। 

    यसअघि  नेपालले एसएल डेभलवमेन्ट स्क्वाडविरूद्धको पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटको पराजय भोगेको थियो। श्रीलंकामा आगामी शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह 'ए' मा छ। 

    नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ