शुक्रबार, मंसिर १४ गते २०८१

दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

अखबार दैनिक
आइतबार, असार १७ २०८१
  • दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

    दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए।

    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

    भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ३१ बलमा ४७ रन बनाउँदै भारतको रन उकासेका थिए। उनले ४ छक्का र एक चौका प्रहार गरेर रनआउट हुन पुगे।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार