बुधबार, कात्तिक ७ गते २०८१

टी–२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीच शनिबार प्रतिस्पर्धा हुने

टी–२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीच शनिबार प्रतिस्पर्धा हुने

अखबार दैनिक
शुक्रबार, असार १ २०८१
  • टी–२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीच शनिबार प्रतिस्पर्धा हुने

    काठमाडौं । नेपालले टी–२० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । समूह ‘डी’ अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५ः१५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुँदैछ । 

    images

    जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो । 

    त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाले रद्ध हुदा अंक बाँडेको थियो । 

    नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल  सुपर आठमा पुग्न असफल हुने छ । दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ