बिहीबार , कात्तिक २२ गते २०८१

लगातार तेस्रो जितसँगै अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश

लगातार तेस्रो जितसँगै अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश

अखबार दैनिक
बुधबार, जेठ ३० २०८१
  • लगातार तेस्रो जितसँगै अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश

    काठमाडाैं । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images

    यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।

    नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् । योजितपछि समुह बी मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शिर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ ।

    त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ । यस समूहबार यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो । समुह बी मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने ईङल्याण्ड २ खेलमा एक अंक सहित चौथो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार