शनिबार, साउन १२ गते २०८१

फिफा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनविरुद्ध प्रतिस्पर्धा

फिफा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनविरुद्ध प्रतिस्पर्धा

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८१
  • फिफा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनविरुद्ध प्रतिस्पर्धा

    काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरू हुनेछ ।

    images

    नेपालले यसअघि यही मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

    पाँच खेल खेल्दा पनि अंकविहीन नेपाल तालिकाको पुछारमा छ । नेपालले हालसम्म छनोटको दोस्रो चरणमा १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ । यमनले समान एक खेलमा जित र बराबरी गर्दा तीन खेलमा हार बेहोरेको छ । यसअघि दशरथ रंगशालामा भएको यमनविरुद्धको पहिलो लेगमा नेपाल २–० ले पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ