शनिबार, जेठ ५ गते २०८१

रोनाल्डोको ६६ औँ ह्याट्रिक

रोनाल्डोको ६६ औँ ह्याट्रिक

अखबार दैनिक
आइतबार, वैशाख २३ २०८१
  • रोनाल्डोको ६६ औँ ह्याट्रिक

    रियाद । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि गोल वर्षा गरेको छ । अल नासर ६–० गोलले विजयी बनेको हो ।

    images

    खेलको पाँचौँ मिनेटमा रोनाल्डोले टोलीलाई अग्रता दिलाए । १२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । १८ औँ मिनेटमा ओटाभियोले टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफको अन्त्यमा साडियो मानेले अल नासरको अग्रता फराकिलो बनाए ।

    दोस्रो हाफको ५२ औँ मिनेटमा रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । ३९ वर्षीय खेलाडीको करियरको ६६ औँ ह्याट्रिक थियो । खेलको अन्त्यतिर मोहम्मद अल फातीलले गोल गर्दै टोलीको आधा दर्जन गोल पुर्‍याए ।

    ३० खेलपछि ७४ अङ्कसहित अल नासर लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ८३ अङ्कसहित शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार