सोमबार, वैशाख ३१ गते २०८१

क्रिकेटर गुल्सन झालाई ‘मनसरा’ले गर्‍यो पुरस्कृत

क्रिकेटर गुल्सन झालाई ‘मनसरा’ले गर्‍यो पुरस्कृत

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • क्रिकेटर गुल्सन झालाई ‘मनसरा’ले गर्‍यो पुरस्कृत

    काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ले फिल्म प्रवर्द्धनका लागि भिन्न शैली पछ्याइरहेको छ । सुब्बाको यो दोस्रो निर्देशकीय फिचरले गत साता देशव्यापी कविता कन्सर्ट पनि गर्‍यो । यो अभियान इटहरीमा टुंगिएको छ ।

    images

    यो फिल्म अब प्रवर्द्धनका लागि क्रिकेट मैदानमा समेत उपस्थित भएको छ । शनिबार नेपाल र वेस्ट इण्डिज ‘ए’बीच भएको खेलमा निर्माताले खेलाडीलाई पुरस्कृत पनि गरे ।

    शनिबारको रोमाञ्चक प्रतिस्पर्धामा दुई बल बाँकी छँदै नेपालले वेस्ट इण्डिजमाथि जित दर्ता गर्‍यो । यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो ।

    यो प्रदर्शनका लागि फिल्मले क्रिकेटर झालाई नगद १० हजार रुपैयाँ राशिको ‘सट् अफ द डे’ले पुरस्कृत गर्‍यो । यो पुरस्कार फिल्मका निर्माता तथा छायाकार शैलेन्द्र डी कार्कीले प्रदान गरेका थिए ।

    ‘मनसरा’मा मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ । यो फिल्म वैशाख २१ गते रिलिज हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ