बुधबार, वैशाख २६ गते २०८१

कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?

कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?

अखबार दैनिक
शनिबार, वैशाख १५ २०८१
  • कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
    १५ वैशाख,  इडन गार्डन्स । पञ्जाब किंग्सले टी–२० क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ । शुक्रबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औँ खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित हो ।

    कोलकाताको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले २ सय ६२ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । हेरौँ खेलमा कस्ता कीर्तिमानहरू बने :

    images
    • २६२ – कोलकाताविरुद्ध पञ्जाबले पछ्याएको लक्ष्य । टी–२० क्रिकेटको इतिहासमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि सन् २०२३, मे २६ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २ सय ५९ को लक्ष्य पछ्याएको थियो ।

    Venkatesh Iyer

    • ४२ – कोलकाता र पञ्जाबविरुद्धको खेलमा हिर्काइएको छक्काको सङ्ख्या । कुनै पनि टी–२० खेलमा प्रहार भएको सबैभन्दा धेरै छक्का हो । यसअघि आईपीएलमा यो सिजनमा नै सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स तथा रोयल च्यालेन्जर्स बैंगलुरु र हैदराबादबिचको खेलमा ३८ वटा छक्काहरू प्रहार भएका थिए ।
    • २४ – कोलकाताविरुद्ध पञ्जाबले हिर्काएको छक्काको सङ्ख्या । टी–२० क्रिकेटमा कुनै पनि टोलीले प्रहार गरेको सर्वाधिक दोस्रो छक्का हो । यसअघि नेपालले गत वर्ष मंगोलियाविरुद्ध २६ वटा छक्का प्रहार गरेको थियो । पञ्जाबले हिर्काएको छक्काको सङ्ख्या आईपीएलमा भने सर्वाधिक हो । यसअघि हैदराबदले बैंगलुरु र दिल्ली क्यापिटल्सविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।
    • ५२३ – शुक्रबार कोलकाता र पञ्जाबले इडेन गार्डेन्समा बनाएको कूल रनको सङ्ख्या । टी–२० को इतिहासमा कुनै पनि खेलमा दुई टोलीले बनाएको सर्वाधिक दोस्रो धेरै रन हो । यसअघि यही आईपीएलमै हैदराबद र बैंगलुरुबिचको खेलमा ५ सय ४९ रन बनेको थियो ।

    Shashank Singh

    • ४ – कोलाकाता र पञ्जाबका चारै ओपनरले अर्धशतक बनाए – फिल साल्ट (७५), सुनिल नरेन (७१), प्रभसिमरन सिंह (५४) र जोन बेयर्सटो (१०८) । आईपीएलको कुनै पनि खेलमा चारै ओपनरले अर्धशतक बनाएको यो पहिलो अवसर हो । पुरुष टी–२० खेलहरूमा भने यो ११ औँ पटक हो । ओपनरहरूले बनाएको ३ सय ८ रन आईपीएलको इतिहासमा सर्वाधिक पनि हो ।
    • ५ – २ सय वा सोभन्दा बढीको स्ट्राइक रेटमा बनेको अर्धशतकको सङ्ख्या – साल्ट (२५ बल), नरेन (२३ बल), प्रभसिमरन (१८ बल), बेयर्सटो (२३ बल) र शशांक सिंह (२३ बल) । एउटै खेलमा २५ वा सोभन्दा कम बलमा ५ वटा शतक बनेको यो पहिलो अवसर हो ।
    • ७ – पञ्जाबले २ सय वा सोभन्दा बढीको लक्ष्य सफलतापूर्वक पछ्याएको अवसर । टी–२० क्रिकेटमा कुनै पनि टोलीका लागि यो कीर्तिमान हो । क्वेट्टा ग्लाडिएटर्स, मुम्बई इन्डियन्स, भारत र अस्ट्रेलियाले ५–५ पटक यो उपलब्धि हासिल गरेका छन् ।
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार