मंगलबार, वैशाख २५ गते २०८१

अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

अखबार दैनिक
बिहीबार , वैशाख १३ २०८१
  • अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

    बैशाख १३ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छन् । 

    images

    बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको स्वतन्त्रता मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूको उन्नतस्तरको चेतना, त्याग र अठोटबाट प्राप्त भएको बताएकी हुन् । 

    उनले भनिन्,“आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण पाएका छौंँ,स्वतन्त्रता पाएका छौँ,” ।

    मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब रहेको बताउँदै उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रममार्फत् कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताइन् ।  

    उनले भनिन्, “मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल हुनुभयो,” । “मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमको रूपमा रहेको छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ