मंगलबार, कात्तिक २० गते २०८२

आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने

आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने

अखबार दैनिक
मंगलबार, कात्तिक २० २०८२
  • आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने

    महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

    सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ