सोमबार, वैशाख २४ गते २०८१

उपनिर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि सुरु प्रचार गर्न नपाइने

उपनिर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि सुरु प्रचार गर्न नपाइने

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • उपनिर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि सुरु प्रचार गर्न नपाइने

    बैशाख १२ काठमाडौं । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ–१९१० मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न नपाइने जनाएको छ ।  बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले निर्वाचन आयोगले प्रचार गर्न नपाइने बताएको हो । 

    images

    निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ । 

    रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १(१) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ