मंगलबार, असोज १ गते २०८२

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० को खेल तालिका सार्वजनिक

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० को खेल तालिका सार्वजनिक

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • नेपाल र वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० को खेल तालिका सार्वजनिक

    चैत्र २७ काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो। त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ।

    उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो। जसअनुसार पहिलो खेल अप्रिल २७ मा हुनेछ। यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन्।

    सबै खेल काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समयानुसार दिउँसो १ बजे सुरु हुनेछ। ओमानबाट पर्खेपछि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ’ए’सँग टी–२० शृंखला खेल्ने भएको हो। उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार