शनिबार, वैशाख २२ गते २०८१

एरिकालाई अमेरिकामा ९ लाखसहितको सम्मान

एरिकालाई अमेरिकामा ९ लाखसहितको सम्मान

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • एरिकालाई अमेरिकामा ९ लाखसहितको सम्मान

    २६ चैत, काठमाडौं । १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित भएकी छिन् ।

    images

    ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख भन्दान बढी नेपाली रुपैयाँ) र प्रमाणपत्र सहित सम्मान गरिएको हो । यूएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका‌ लागि अमेरिका पुगेकी एरिकालाई‌ सम्मान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार