शनिबार, वैशाख २२ गते २०८१

अमेरिकामा नेपाली कराँते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराँते खेलाडी नगदसहित सम्मानित

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • अमेरिकामा नेपाली कराँते खेलाडी नगदसहित सम्मानित

    २२ चैत, काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।

    images

    १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औं साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।

    गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् । साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन् ।

    यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘यूएस ओपन च्याम्पियनसीपको सिनियरमा नेपालीले स्वर्ण जितेको पहिलो पटक हो । थप हौसला मिलेको छ । २०औं एसियन गेममा खेल्न मद्दत पुग्छ,’ प्रशिक्षक श्रेष्ठले भने ।

    जुलाईमा भुटानमा हुने ८औं साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ

    उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौ फर्किनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार