शनिबार, वैशाख २२ गते २०८१

आज आयरल्याण्ड वोल्भ्स र नेपाल 'ए' बिच अन्तिम खेल

आज आयरल्याण्ड वोल्भ्स र नेपाल 'ए' बिच अन्तिम खेल

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • आज आयरल्याण्ड वोल्भ्स र नेपाल 'ए' बिच अन्तिम खेल

    चैत्र १९ काठमाडौं । नेपाल ए र बीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । टियु मैदानमा हुने खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । 

    images

    आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो । अब सिरिजको तेस्रो खेलमा नेपाल ए ले विजयी लयमा फर्किने प्रयास गर्ने छ । 

    टी-२० सिरिज खेल्ने नेपाली ए टिममा विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार