शनिबार, जेठ ५ गते २०८१

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नामिबिया खेल्दैं

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नामिबिया खेल्दैं

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नामिबिया खेल्दैं

    काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नामिबिया बिच खेल हुदैं छ । टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ ।

    images

    नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार