शनिबार, जेठ ५ गते २०८१

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल गुमाउने

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल गुमाउने

अखबार दैनिक
बुधबार, फागुन १६ २०८०
  • सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल गुमाउने

    काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।

    images

    वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो । बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिएको हो ।

    सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । तर वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेको हो । उनले जोर्डनविरुद्धको खेल गुमाउने छिन् । वाफ च्याम्पियनसिपको फाइनलमा फागुन १७ गते बिहिबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार