शनिबार, जेठ ५ गते २०८१

बगदाद जाने आर्चरी टोलीको बिदाइ

बगदाद जाने आर्चरी टोलीको बिदाइ

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • बगदाद जाने आर्चरी टोलीको बिदाइ

    ६ फागुन, काठमाडौं । नेपालका तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् । प्रतियोगिता मंगलबारदेखि छ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ । सहभागी हुने खेलाडीमा अंशुका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् ।

    images

    टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरे ।

    त्यस अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे । पेरिस ओलम्पिक्सका लागि जुलाइमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहनेछ ।

    त्यस कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटी र संघका सचिव योगेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार