आइतबार, जेठ ६ गते २०८१

बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

    १६ माघ, काठमाडौं । बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरुको जम्बो टोली भारतको हिमांचल राज्य जाने भएका छन् ।

    images

    टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहनेछन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालका अनुसार १८/१९ जना सांसदहरु उक्त भ्रमण टोलीमा रहन सक्छन् ।

    समिति सभापति डा.आरजु राणाको पहलमा भारतीय पक्षले नै आमन्त्रण गरेको र त्यस आधारमा भ्रमण हुन लागेको हो । तर, भ्रमणको मिति तय भएको छैन् । समिति सचिवालयका अनुसार भारतीय पक्षबाटै भ्रमणको मिति तय गर्ने र पठाउने भन्ने भएको छ । उपसचिव बरालले भने, ‘केही दिनमा भ्रमणको मिति तय हुनेछ ।’

    यसअघि समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले पहलकदमी लिनुपर्ने उनीहरुको माग थियो ।

    यसअघि, कृषि समिति सभापति आरजु राणाले करिब बीस जना सांसद भारतको हिमाचल राज्यमा बाँदरको बन्ध्याकरणमार्फत नियन्त्रणको कामबारे अध्ययन गर्न जान लागेको जानकारी सभामुखलाई गराइसकेकी छन् ।

    गत माघ ७ गते सभामुखसँग भएको संसदीय समितिका सभापतिहरुसँगको छलफलका क्रममा उनले आफूहरु हिमाचल राज्य जाने तयारीमा रहेको जानकारी गराएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार