बुधबार, कात्तिक ७ गते २०८१

कोभिड संक्रमितलाई सिजोफ्रेनियाको खतरा

कोभिड संक्रमितलाई सिजोफ्रेनियाको खतरा

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • कोभिड संक्रमितलाई सिजोफ्रेनियाको खतरा

    एजेन्सी \ काठमाडौँ । कोरोना भाइरसको नयाँ भ्यारिएन्टले विश्वलाई भयवित बनाउन थालेको छ । भारत, अमेरिका समेत कयौं देशमा कोभिडको नयाँ भ्यारिएन्ट जेएन.१ को संक्रमण देखिएको छ । 

    images

    नेपालमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । यसैबिच कोरोना संक्रमणबारे नयाँ खुलासा भएको छ । नयाँ अध्ययनका अनुसार कोभिडले मानिसको मानसिक स्वास्थ्य र संज्ञानात्मक क्षमतालाई पनि प्रभावित बनाउँछ ।

    नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित ताजा अध्ययन प्रतिवेदनका अनुसार सिजोफ्रेनिया र कोभिड–१९ को गम्भीर संक्रमणबिच सम्बन्ध भेटिएको छ । अमेरिकाको वेष्ट भर्जिनिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको यस अध्ययनमा कोभिड–१९ को संक्रमण भएका मानिसहरु सिजोफ्रेनियाको  शिकार हुने सम्भावना संक्रमण नभएका मान्छेको तुलनामा ४ गुणा बढी पाइएको थियो । कोभिड संक्रमित भएपछि युवायुवतिहरुमा एसएसपीडी अर्थात् सिजोफ्रेनिया स्पेक्ट्रम र मानसिक विकासको खतरा बढ्ने अध्ययनले देखाएको थियो ।

    यसअघि भएका अध्ययनहरुले पनि कोभिडको संक्रमणपछि मानसिक विकारको जोखिम बढ्ने देखाएको थियो । तर सिजोफ्रेनियाको खतरा औँल्याउने चाँहि यो पहिलो अध्ययन हो । यसबारे थप अध्ययन अनुसन्धान हुन जरुरी भएको बताइएको छ ।  यो अध्ययनमा अनुसन्धानकर्ताहरुले १ करोड ९३ लाख ४४ हजार भन्दा धेरै कोभिड बिरामीको डेटा हेरेका थिए ।

    के हो सिजोफ्रेनिया ?
    सिजोफ्रेनिया एक खालको मनोरोग हो । यसबाट ग्रसित व्यक्तिलाई वास्तविकता वा आफ्नो कुरा भन्न समस्या हुन्छ । यिनीहरुले सामाजिक र व्यावसायिक दुवै खालको समस्या सामना गर्छन् । वास्तविक संसारसँग यिनीहरुको सम्पर्क टुट्छ र यसले यिनीहरुको सोच्ने, महसुस गर्ने र व्यवहारको तरिकालाई प्रभावित बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ