शनिबार, जेठ ५ गते २०८१

ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

अखबार दैनिक
बिहीबार , कात्तिक २३ २०८०
  • ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

    २३ कात्तिक, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । ललितपुर सिटीले बुधबार साँझ एक कार्यक्रम गर्दै नयाँ सिजनका लागि होम एण्ड अवे जर्सी सार्वजनिक गरेको हो ।

    images

    ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले क्लबको जर्सी सार्वजनिक गरिन् । ललितपुर सहरको संस्कृतिबाट प्रेरित भएर जर्सी तयार पारिएको क्लबले जनाएको छ ।

    खेल सामग्री उत्पादन गर्ने कम्पनी टी टेनले तयार पारेको दुई प्रकारको कालो र सेतो जर्सी डिजाइनल हाकु पटासीलाई रिफल्क्ट गर्ने पनि क्लबले जनाएको छ ।

    ललितपुर महानगरकी उप मेयर बज्राचार्यले ऐतिहासिक शहर ललितपुरलाई फुटबलमार्फत चिनाउने प्रयास गरेकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।

    ललितपुर सिटीले जर्सी सार्वजनिक कार्यक्रमका क्लबका खेलाडी, प्रशिक्षक र अफिसियललाई समेत सार्वजनीक गरेको थियो ।

    राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङ मार्की प्लेअर रहेको ललितपुरमा राष्ट्रिय टिमबाट खेलिसकेका सनिश श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदम्बे लगायत खेलाडी छन् । यस्तै विदेशी खेलाडीमा फ्रेन्च गोलकिपर जेफ बाल्टुस र फ्रान्सकै फरवार्ड पाप इबोउ केबे तथा नाइजेरियन सेन्टर ब्याक ओमोलाजा करिम छन् ।

    यस्तै ललितपुरको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका इयान आन्द्रे गिलियन छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार