१० भदौ, काठमाडौं । सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरुझैं सुन्दर छ । तर हालकै दशकमा त्यसको उपयोगको विश्लेषण गर्दा यसको प्रयोग राम्रोसँग भएको छैन । नयाँ विचारको प्रचारप्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निरासा पोख्ने र अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै आएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातामा नयाँ पुस्ता थपिँदै जाँदा जिज्ञासा उब्जिएको छ । के यसको उच्चतम उपयोग गर्नसकिँदैन ?
यसको प्रयोगमा देखिएका समस्या समाधान माथिदेखि तल नभएर तलदेखि माथिको अवधारणा अर्न्तगत गर्नुपर्ने हुन्छ । यसको मतलब प्रयोगकर्तामार्फतनै सुधार । व्यक्तिगत रुपमा यसको सुधारका लागि प्रयोगकर्ताले राम्रो छनौट अवश्य गर्नुपर्नेहुन्छ। थ्रेड्स चलाउँदा होस् कि फेसबुक, एक्स होस् वा इन्स्टाग्रामले मानिसले त्यसको राम्रो उपयोग गर्नुपर्छ । सामाजिक सञ्जालले मानिसको उपयोग नगरोस् भन्ने कुरामा सचेत हुँदै सात तरिकाले सञ्जाल चलाउनु जरुरी छ ।
अपरिचितसँग शतर्क
कुनै पनि अपरिचित व्यक्ति पार्टीमा घुस्दै गालीगलौन गर्न थाल्यो र संवादलाइ विथोल्न खोज्यो भने त्यस्ता व्यक्तिलाई पार्टीबाटै बाहिर निकाल्ने चलन छ । सामाजिक सञ्जालमा भने भड्काउ प्रवृत्तिका व्यक्ति वा प्रवृत्तिलाइ कहिलेकाहीँ उत्सवका रुपमा लिइन्छ ।
कसैले दुर्व्यवहार गरेको खण्डमा अनुशासित ढंगबाट त्यसको प्रत्युतर दिने उपायनै सर्वोत्तम हो । तर सामाजिक सञ्जालमा भने हामी यसको पालना गरिरहेका हुँदैनौं । अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जाल निकै विशाक्त देखिन्छ । कसैले केही नराम्रो गरिरहेका छन् भने त्यस्ता गतिविधि उक्साउने पृष्ठपोषण वा गतिविधि भन्दा पनि त्यसलाई निरुत्साहित हुनेगरीको पृष्ठपोषण सबैले दिन जरुरी छ । तब मात्रै मानिसले आफ्नो गल्ती महशुस गर्छ र सामाजिक सञ्जालको शुद्धीकरणको पनि थालनी हुनेछ ।
संवेदनशीलता अपनाउने्
सामाजिक सञ्जालमा अपनाउनुपर्ने संवेदनशीलतामा मानिसहरु निकै अल्छीझैँ छन् । भ्युज बटुल्न अथवा त्यसमा प्रतिक्रिया बटुल्नका लागि मानिसहरुले आफ्नो बौद्धिकताको उपयोग गरिरहेका हुँदैन ।
ॠनीहरुले जस्तो सामग्री पनि सञ्जालमा हाल्नेगर्छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दा हामीसँग विभिन्न तर्क हुन्छन् । विभिन्न सन्दर्भलाई जोडेर मानिसहरुले आफ्ना विचार पोस्ट गर्छन् । तर, जब त्यो कुरा अर्को व्यक्ति वा समूहलाई जोक अथवा व्यंग्यात्मक लाग्छ तब त्यसले समस्या उत्पन्न गराउँछ । यो झमेलाबाट बच्ने तरिका भने सरल छ । पोस्ट गर्नुअघि आफैँलाई प्रश्न गर्ने । के यो विषय ठीक छ ? मैले पोस्ट गर्ने विषयका लागि के यो उपयुक्त माध्यम हो ?
केही भनाइहरू च्याटका लागि मात्रै उपयुक्त हुन्छन् । यसलाई ख्याल गर्दै पोस्ट गर्दा संवेदनशील हुन जरुरी छ । केही जिज्ञासा उठान गर्ने हो भने त्यसलाई ट्वीटर वा फेसबुकमा राख्दा राम्रो हुन्छ । मनोरम दृश्य इन्स्टाग्राममा पोस्ट गर्दा उत्तम हुन्छ भने व्यक्तिग विषय वा कडा राजनीतिक प्रश्नलाई निकट तथा विश्वसनीय मानिसहरुलाई इनबक्स गर्दा राम्रो हुन्छ । संवेशनशीलता अपनाउँदा कुनै पनि सम्भावित लफडा वा झमेला वा त्यसमा उत्पन्न हुने क्रिया प्रतिक्रियाबाट बच्न सकिन्छ ।्
जनमत परीक्षणको आधिकारिक थलो नबनाउने
विभिन्न माध्य विभिन्न कुराका लागि राम्रा छन् । यिनीहरुले विभिन्न मानिसलाइ बहसका लागि आकर्षित गर्छन् । सामाजिक सञ्जाल लोकप्रियतावादका लागि मात्रै हो । यसले वास्तविक जनमतको प्रतिविम्ब निकै कम रुपमा गर्छ । सामाजिक सञ्जालबारे अध्ययन गर्ने संस्था पीउ अनुसन्धान केन्द्रले २३ प्रतिशत अमेरिकनले एक्स प्रयोग गर्ने र ट्वीटरमा सक्रिय २५ प्रतिशतले मात्रै ९७ प्रतिशत ट्वीट गर्ने पाइएको बताएको छ । ५ प्रतिशत अमेरिकन वयश्कले मात्रै ट्वीट गर्ने अध्ययन केन्द्रको भनाइ छ । सामाजिक सञ्जालले आफ्नै समुदायको सेवा गर्ने अध्ययन केन्द्र बताउँछ । त्यसैले जनमतको आधिकारिक थलो यसलाइ मान्न नहुने तर्क छ । यदि प्रयोग गरियो भने त्यसले गलत निष्कर्षमा पुर्याउने छ किनभने जनमतको परीक्षणका लागि यी सञ्जाल बनेका होइनन् ।
उदाहरणका लागि टीकटक सबैभन्दा बढी मनोरञ्जनात्मक छ भने ट्वीटर सबैभन्दा बढी चर्को छ । यिनीहरुमा बौद्धिक वा दयालु सामग्री हुने कुनै सुनिश्चितता छैन । प्रविधिका प्रयोगकर्तामा सबैभन्दा बढी नयाँ पुस्ता हुन्छन् । उनीहरुले पुराना पुस्ताका दृष्टीकोण वा अनुभव सुन्छन् भन्ने कुनै सुनिश्चतता हुँदैन । त्यसैले बाइडेनको सामाजिक सञ्जालमा परीक्षण असफल भएपनि मतदानमा उनी सफल भए । सञ्जालको प्रयोग गर्दा तिनीहरुको सीमालाइ ख्याल गरिनुपर्छ । तिनीहरुमा लोकप्रिय कुरा वा विषयले सिंगो मुलुककै प्रतिनिधित्व गर्न सक्दैन ।
क्रोध वा प्रलोभनको प्रतिरोध
एक्सको चतुर कुरा के छ भन् त्यहाँ अन्यायको सवालमा मानिसहरुले निकैनै आक्रोश पोखेका हुन्छन् । मानिसहरुलाइ यो उपयुक्त थलोझैं लाग्छ । तर जब त्यहाँका क्रिया प्रतिक्रिया स्क्रोल गरिन्छ तब थाहा लाग्छ सोचेझैँ एक्स रहेनछ । सन् २०२० मा भिडियो गेम स्ट्रिम गर्ने स्टेफेन फभलले यसको गतिलो उदाहरण दिएका छन् । उनले भनेका छन्, ‘अधिकांश सामाजिक सञ्जाल क्रोधले भरिएका हुन्छन् । त्यहाँ ठ्याक्कै उल्टो स्थिति हाबी हुन्छ । यसको पछि कारण छ । कारण भनेको क्रोधको यात्रा हो। ‘
सन् २०३२ मा क्याम्ब्रिज विश्वविद्यालयले गरेको अनुसन्धानले एक व्यक्तिले वैचारिक रुपमा समान व्यक्तिबारे गरेको ट्वीटभन्दा त्यसको विरोधीबारे गरेको ट्वीट सबैभन्दा बढी रिट्वीट हुन्थ्यो । यस्तै, सहमतिभन्दा असहमतिनै बढी भाइरल भएको पाइयो । यो अध्ययनले के देखाउँछ भने विरोधीहरुको विषयमा निकै आक्रामक प्रहार हुन्छ भने त्यस्ता गतिविधि दोहोरिएकामात्रै हुँदैनन् प्रोत्साहन पनि हुन्छ । नकरात्क कुराहरु धेरैनै भाइरल हुँदा यसले मानसिक स्वास्थ्य तथा नागरिक समाजको बहसलाइनै असर पुर्याएको छ । अनुसन्धानकर्ता ड्रिक थोमसन भन्छन्, ‘सबै बखत अपमानजनक हुँदा आवश्यकताको बखत कसैले पनि विरोध जनाउन सक्दैन ।’
तीखा प्रहार निरुत्साहित गर्ने
सन् २०२० मा पीटर विन्डवर्ग ट्वीटरमा ट्रेडिङमा आए । यस्तै अन्य माध्यममा पनि उनलाई अपरिचित व्यक्तिहरुले धम्कीपूर्ण चेतावनी दिँदै पोस्ट गरे । यतिसम्म गरियो की ४९ वर्षीय उनको घरको ठेगानमा सामाजिक सञ्जालमा पोस्ट गरियो । यसको कारण के थियो भने जर्ज फ्लोएडको समर्थनमा पोस्टर टाँस्दै हिँडेकी युवतीमाथि दुर्व्यवहार भएको दृश्यमा उनीझै देखिने मानिस पनि कैद थिए । त्यस घटनामा पीटरको कुनै पनि संलग्नता थिएन । युवतीमाथि र्दुव्यवहार भएको भोलिपल्ट मात्रै घटनास्थल नजिकै वीनवर्ग पुगेका थिए । तर उनीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताको भीडले निकै आक्रमण गर्यो । उनीमाथै नभएर मेरिल्याणडका पूर्व प्रहरी पनि यस्तै आक्रमणको शिकार भए । उनीमाथि आरोप लगाएर गरिएको ट्वीट ५ लाख पटक रिट्वीट भएको थियो । सामाजिक सञ्जालका आक्रोशित जमात निकै घातक हुन्छन् । त्यसैले यस्ता गतिविधिमा सामलेनै नहुनुनै उत्तम हुनेछ । अझै चीनजानै नभएको व्यक्तिमाथिका टीकाटिप्पणीमा सामेल नहुनुनै सबैभन्दा राम्रो विकल्प हो । आफ्नाबारेमा यस्तै अफवाह नफैलियोस् वा मानहानी नहोस् भन्ने चाहाने हो भने अरुका विषयमा भएका उस्तै कुरामा आफू सामेल हुनुहुँदैन ।
आफ्नो बाटोको छनोट
यदि ठूलै जमातले केही विषयबारे बोलिरहेको छ भने त्यसप्रति धारणा राख्न चहाने कुरा प्राकृतिक र स्वभाविक हो । सामाजिक सञ्जालले हामीले नजानेकै कुरामा टीकाटिप्पणीका लागि हौंस्याउँछ । केही मानिसहरु यस्ता गतिविधिबाट टाढै रहेर नातीनातिना वा आफुले पालेका जनावर र आफ्ना गतिविधिकाबारेमा जानकारी दिने पोस्ट राख्छन् । बहुसंख्यक मानिस भने टीकाटिप्पणीमा उत्रिन्छन् । नजानेको विषयमा गरिन टीकाटिप्पणीले कालान्तरमा समस्या निम्त्याउँछ । हाम्रो विज्ञताभन्दा बाहिरको क्षेत्रमा गएर टीकाटिप्पणी गर्नुहुँदैन । किनभने ट्वीटर जस्ता माध्यमा माफी दर्शाउनका लागि बनेका होइनन् । यो थलो वैचारिक बहसका लागि बनेको हो । जहाँ कसैले एउटा विषयमा धराप थापेको हुन्छ र विज्ञता भन्दा बाहिरै रहेर टिप्पणी गर्दा आक्रमणमा पर्ने संभावना बढी हुन्छ । यहुदी विद्वान रब्बीले भन्थे-‘मैले मेरो जीवनका अधिकांश समय धर्मगुरुहरुसँग विताएँ । मैले थाहाँ पाएकी अनभिज्ञ विषयमा मानिसका लागि मौनता बाहेकको उत्तम विकल्प केही छैन ।’
उनको यो नीति समाजिक सञ्जाल प्रयोगकर्ताको लागि निकै उत्तम हुन्छ ।
आक्रोश ओकल्नुअघि अध्ययन
अधिकांश समयमा हामी हेडलाइन हेरेरै आक्रोशित हुन्छौँ । कुनै पनि आलेख वा समाचारको आंशिक विषय मात्रैबाट हामी धारणा बनाइरहेका हुन्छौं । त्यो विषयको सान्दर्भिकता वा त्यसको अर्थ हामी खोतल्दैनौँ किभने सत्य खोत्लने समय खर्चिनुभन्दा असत्यलाइनै फैलाउन हामी उद्दत हुन्छौं ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफुले जान्दै नजानेको विषयमा निर्णय दिइहाल्छन् । यसले सार्वजनिक बहसलाइ निकैनै प्रदुषित बनाएको छ । गाता हेरेर पुस्तकबारे निर्णय लिन नसक्ने कुरा हामीले सानैदेखि पढ्दै आएका हौँ । यसलाइनै ख्याल राखेर हेडलाइन वा आंशिक विषयमात्रै पढेर त्यसलाइ शेयर गर्न वा त्यसप्रति आक्रोश ओकल्न हतारिनुहुँदैन ।
जान्दै नजानेको विषयमा प्रतिक्रिया दिनुभनेको बौद्धिक विद्रुपता हो । यस्ता गतिविधिले मानिसले आफ्नो प्रतिष्ठाको वजन घटाइरहेको हुन्छ भने सामाजिक सञ्जाललाई कुरुप पनि बनाउँछ । यस्ता बहस कसैले पनि जित्दैन र यस्ता गतिविधिले कसैलाइ पनि बौद्धिक कहल्याउँदैन । यस्ता अभ्यासलाइ निरुत्साहित गर्नुपर्छ ।