काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ३९.७० अंकले बढेर २७५५.४७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज बजार १.४२ प्रतिशतले बढेको हो । बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । आज बजारमा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका कम्पनी मध्ये २०० वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ३८ वटा कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ वटा कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन ।
त्यसैगरी आज ७ वटा कम्पनीले सकरात्मक सर्किट हानेको छ । विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक र मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो ।