मंगलबार, असोज २० गते २०८३

चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने

चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने

अखबार दैनिक
बुधबार, मंसिर १२ २०८१
  • चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने

    काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ।

    चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था मिलाइने भएको हो । बस चितवनको चितवन मेडिकल कलेज (सीएमसी)बाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म ल्याउने छ। खेलपछि फर्कने व्यवस्था पनि हुनेछ।

    यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ। खाजाको पनि व्यवस्था गरिने जनाइएको छ। चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्ने छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ