बुधबार, मंसिर १२ गते २०८१

बाढीपहिरोको २ महिना: सुरक्षित बासस्थानको माग गर्दै पीडित

बाढीपहिरोको २ महिना: सुरक्षित बासस्थानको माग गर्दै पीडित

बुधबार, मंसिर १२ २०८१
  • बाढीपहिरोको २ महिना: सुरक्षित बासस्थानको माग गर्दै पीडित

    काभ्रेपलान्चोक । बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै पीडितले सुरक्षित बासस्थानको माग गरेका छन्। जाडोयाम शुरू भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन्।

    images

    बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। पाँचबुँदे ज्ञापनपत्रमार्फत बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको जनाउँदै मृतकका परिवारलाई उपयुक्त घरबासको प्रबन्ध गर्न माग गरेका हुन्। 

    भूगर्भविद्को प्राविधिक अध्ययन गराएर स्थायी रूपमा पहिरो नियन्त्रणको व्यवस्था गर्नुपर्ने र बालीनाली लगाउन नहुने गरी पहिरोले पुरिएको बारीलाई पूर्वअवस्थामा ल्याउन गाउँपालिकाबाट सहयोगको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीलाई बुझाएका छन्। साथै पीडितले जाडोयाममा बसोबास तथा स्थायी पुनर्वासमासमेत पहल गरिदिन आग्रह गरेका हुन्। 

    दुई महिनाअघिको बाढीपहिरोले काभ्रेपलान्चोकमा ठूलो जनधनको क्षति भएको थियो। बाढीपहिरोमा परी ६ दर्जनभन्दा बढीले ज्यान गुमाए भने सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे। 

    ज्यान गुमाउनेको परिवारले सरकारद्वारा प्रदान गरिएको राहत रकम पाए भने जिल्लाका हजारौँ पीडित परिवार दुई महिनादेखि राहतको पर्खाइमा बसिरहेका छन्। बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार