एजेन्सी । बिग बोस ओटीटी सीजन २ ग्रान्ड फाइनलतिर बढिरहेको छ । यसका साथै शो प्रति दर्शकको क्रेज पनि बढिरहेको छ ।
हालै शो मा पारिवारिक विशेष वीक भएको थियो जहाँ प्रतियोगीका घरबाट एक एक जना भेट्न आएका थिए । यसमा धेरै चर्चा एल्विश यादवका बुवाले पनि पाएका छन् ।
बिग बोस ओटीटी सीजन २ को यस फ्यामिली स्पेशल वीकमा एल्विश यादवका बुवाले मनीषा रानीलाई आफ्ना छोरासँग टाढा रहने सल्लाह दिएका छन् । जुन क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खास कुरा के थियो भने केही दिन अगाडि मनीषाले आफूले एल्विशलाई प्रेम गर्ने बताएकी थिइन । त्यसपछि एल्विशका बुवा जब शो मा आएका थिए उनले आफ्ना छोरातिर धेरै ध्यान नदिएर अगाडि बढ्न सल्लाह दिएका थिए ।
तर, त्यसपछिको बीग बोस हेर्दा यस्तो लाग्छ मनीषा रानीलाई एल्विशका बुवाले दिएको सल्लाहको कुनै असर भने परेको छैन । उनी अहिले पनि एल्विशलाई आफ्नो प्रेमी तथा विवाह नै गर्ने कुरा गरिरहन्छिन् ।
हालै चलिरहेको भिडिओमा एल्विश पनि मनिषातिर आकर्षित भएको देखिन्छन् । उनीहरुको प्रेम सम्बन्ध अगाडि नबढेपनि मित्रता भने बढ्दै गइरहेको छ । एकअर्कालाई मालिस गर्ने देखि लिएर खाना खुवाउने गरेको दर्शकलाई पनि रमाइलो लागिरहेको देखिन्छ ।