बुधबार, असोज ३० गते २०८२

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आएको बताएका छन् । बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ११०० भन्दा बढी हातहतियार र झन्डै १ लाख गोलीगठ्ठा अझै पनि अपराधीहरूसँग रहेकाले समाजमा भएरहित अवस्था रहेको बताएका छन् । 

    उनले पाँच हजारभन्दा बढी कैदीबन्दी अझै बाहिर रहेकाले तिनीहरूले  पुनः विभिन्न अपराध गर्दै समाजमा भएर त्रासको अवस्था सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।

    ‘अनधिकृत समूह र व्यक्तिहरूबाट प्रशासनमा हस्तक्षेप गर्ने विभिन्न विकास आयोजनाहरूमा निःशुल्क सेयर माग्ने र प्रशासनलाई आतंकित बनाउने काम भइरहेको छ तर सरकार देख्या नदेखे गरेर बसेको सरकारको यस नालायक र गैर जिम्मेवारी व्यवहारप्रति हामी खेत प्रकट गर्दछौँ ।’ ओलीले राजनीति प्रतिवेदनमा भनेका छन्, ‘नागरिकले आफ्नो जिउधनको सुरक्षा आफैँ गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस अवस्थामा नागरिकले आफ्नो सुरक्षाका लागि आफै अग्रसर हुन टोलटोलमा सुरक्षा समिति गठन गर्न टोलको गस्ती गर्न र सुरक्षाकर्मीहरूलाई ध्वस्त सुरक्षा कार्यालय पुन स्थापना लगायतका काममा सहयोग गर्दै  मनोबल उठाउन आग्रह गर्दछु।’  ओलीले सरकारले शान्ति सुरक्षा कायम गर्नसमेत असमर्थ रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ