बुधबार, असोज ३० गते २०८२

ओलीले भने–  मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन !

ओलीले भने–  मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन !

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • ओलीले भने–  मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन !

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने बताएका छन् ।  केन्द्रीय कमिटीले निर्धारण गर्ने उनको भनाइ छ ।  

    “अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु । मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन । यही पंक्तिले भन्ने हो,” केन्द्रीय कमिटी बैठकमा उनले भने, “यस केन्द्रीय कमिटीको आदेशमा जुनसुकै कुरा हुन्छ ।” 

    अखबारबाजी गरेर नहुने उनको भनाइ छ । “बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिड्न सकिँदै भनेको सुन्छु,” ओलीले भने, “म आफैँ हिँड्न सक्छु किन बोक्नपर्‍यो ।” पार्टी र पदबाट हट्ने पनि प्रक्रिया हुने उनले स्मरण गराए । “अझै सप्रेन ओली भन्छन् । बिग्रेको हुनुपर्‍यो नि सप्रिन,” उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ