आइतबार, जेठ ६ गते २०८१

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई व्यक्ति पक्राउ

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई व्यक्ति पक्राउ

अखबार दैनिक
शुक्रबार, साउन १९ २०८०
  • चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई व्यक्ति पक्राउ

    एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा दुई अमेरिकी नौसेना नाविकलाई चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको छ ।

    images

    २२ वर्षका अमेरिकी नागरिक जिनचाओ वेईमाथि एक चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप छ । यस्तै, २६ वर्षीय वेनहेङ चाओलाई संवेदनशील फोटो र भिडियोका लागि पैसा लिएको आरोपमा पक्राउ गरिएको थियो ।

    दुबै जना एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने कुरा अहिले स्पष्ट छैन । यी दुईलाई बुधवार नौसेना बेस स्यान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ गरिएको थियो ।

    वेई यूएसएस एसेक्समा काम गर्थे र जहाज बारे संवेदनशील जानकारीको पहुँच थियो । सन् २०२२ को फेब्रुअरीमा अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए । चिनियाँ एजेन्टले जहाजको फोटो, भिडियो र ब्लुप्रिन्टका लागि वेईलाई हजारौँ डलर तिरेको आरोप छ । चीनले यो कथित जासुसी घटनाको कुनै पनि जानकारीलाई अस्वीकार गरेको छ ।

    वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग संलग्न रहेको जासुसीका मुद्दालाई बढाइचढाइ गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार