मंगलबार, असोज २९ गते २०८२

आमरण अनसन बसेका अछामका मदन बुढाले तोडे अनसन

आमरण अनसन बसेका अछामका मदन बुढाले तोडे अनसन

अखबार दैनिक
मंगलबार, असोज २९ २०८२
  • आमरण अनसन बसेका अछामका मदन बुढाले तोडे अनसन

    अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बसेका अछामका मदन बुढाले गृहमन्त्री ओमप्रकाश अर्यालले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका छन् । मन्त्री अर्यालले मदनलाई पानी खुवाउँदै अनसन तोडाए ।गत शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका मदनको स्वास्थ्य बिग्रिएपछि मंगलबार बीर अस्पताल भर्ना गरिएको थियो । तर उनी अस्पताल नबस्ने भन्दै पुनस् माइतीघर मण्डलामै आएका थिए । 

    अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको अनिवार्य प्रतिनिधि हुनुपर्ने, जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यलाई र घाइतेहरुलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने, आन्दोलनका क्रममा ताकी–ताकी गोली प्रहार गर्ने र तत्कालीन सरकारको जिम्मेवारीमा रहेकाहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग उनले राखेका थिए । मदनको अनसन तोडाउँदै गृहमन्त्री अर्यालले सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने जस्तो गर्नेहरुमाथि मौलिक तरिकाको ‘उपचार’ गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ