नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले प्रत्येक वर्ष तिहारमा चाँदीको मेडालियन (सिक्का) बिक्री गर्दै आएको छ । यो वर्ष विभागले चाँदीको मेडालियन खरिद गर्न चाहनेले नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरेको छ । १० ग्रामका चाँदीका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई मेडालियन प्रतिव्यक्ति एकथान बिक्री गरिने विभागले जनाएको छ ।
यी मेडालिनको मूल्य प्रतिगोटा तीन हजार रुपैयाँ तोकिएको छ । यही असोज २६ गते (आइतबार)देखि सिक्का बिक्री खुला गरिएको छ ।