आइतबार, जेठ ६ गते २०८१

चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या

चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या

अखबार दैनिक
बिहीबार , साउन १८ २०८०
  • चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या

    एजेन्सी - दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना हुन्छन् जसका बारेमा सुन्दैमा जीउ काँप्छ ।

    images

    हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान गुमाएकी छिन् ।

    मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् ।

    स्थानीय मोहित रकम भन्ने युवकले आफ्नी २२ वर्षीया पत्नी साधना रजकलाई चिया ढिलो पकाएको विषयमा भएको विवादमा सुरुमा पत्नीमाथि कुटपिट गरेर अन्त्यमा घाँटी थिच्दै नृशंस तरिकाले हत्या गरेका छन् ।

    प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनले प्रहरीसमक्ष अपराध स्वीकार गरिसकेको बताइएको छ । उनीहरुबीच सन् २०२१ मा बिहे भएको थियो । ती युवकमाथि हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको हाल हिरासतमा रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार