काठमाडौँ । गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।
‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ, तनहुँ, लम्जुंग लगायत गण्डक क्षेत्रमा सुनिने भाका भएको गायक सापकोटाले बताए । गीतमा लय बद्री सापकोटाकै रहेको छ भने शब्द कृष्ण लामिछानेको रहेको छ ।
भिडिओमा अभिनय अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी, आयुस कुँवरको रहेको छ भने भिडिओको निर्देशन काजीस श्रेष्ठले गरेका छन् ।
सापकोटाले यसाअघि ‘बस बस पियारी’ गित बजारमा ल्याएका थिए। उनको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चामा कमाएको थियो ।