मंगलबार, मंसिर ४ गते २०८१

कयौं फिल्मी कलाकार भन्दा धेरै कमाउँछन् टिभी कलाकार

कयौं फिल्मी कलाकार भन्दा धेरै कमाउँछन् टिभी कलाकार

अखबार दैनिक
शुक्रबार, साउन १२ २०८०
  • कयौं फिल्मी कलाकार भन्दा धेरै कमाउँछन् टिभी कलाकार

    एजेन्सी । अहिले पनि कैयौं भारतीय टेलिभिजन कलाकार यस्ता छन् जसले एउटा एपिसोडबाटै लाखौंको कमाई गरेर बलिउडका कलाकारहरु भन्दा धेरै कमाइरहेका छन् ।

    images

    सीरियल पवित्र रिश्ताबाट एकदमै चर्चित भएकी अभिनेत्री अंकिता लोखंडेले ९० हजारदेखि डेढ लाख प्रति एपिसोड कमाउँछिन् । त्यस्तै अर्का टेलिभिजनसँगै बलिउडमा पनि आफ्नो अभिनयबाट प्रभावित पार्ने अभिनेता हुन् रोनित रोय । उनले टेलिफिल्महरुमा एउटा एपिसोडबाट एक लाख २५ हजार पारिश्रमिक लिने गर्छन् ।

    एकता कपूरको सीरियल ‘कहानी घर घर की’ बाट हरेकको घर घरमा लोकप्रिय भएकी कलाकार साक्षी तन्वरको कमाई प्रति एपिसोड ८० हजार रुपैंया रहेको छ । उनले केही बलिउड फिल्महरुमा पनि काम गरिसकेकी छन् ।

    त्यस्तै अर्का टेलिभिजन अभिनेता छन् मोहित रैना । उनले ‘देवोंका देव महादेव’ मा शंकर भगवानको भूमिका निभाएका थिए । उनले एउटा एपिसोडका लागि एक लाखसम्म पारिश्रमिक लिने गरेको भारतीय सामाचार माध्यममा उल्लेख छ ।

    ‘दिल मिल गए’ शो मा डाक्टरको भूमिका निभाएर धेरै नै चर्चा बटुलेकी दृष्टि धामीले एउटा एपिसोडबाट अहिले पनि ६० हजार पारिश्रमिक लिने गर्छिन् ।

    त्यस्तै सीरियल ‘ये रिश्ता क्या कहलाता है’ बाट एकदमै धेरै चर्चामा आएकी हिना खानले एउटा एपिसोडबाट एक लाख रुपैंया पारिश्रमिक लिन्छिन् ।

    त्यस्तै टेलिभिजन दुनियाँकी सबैभन्दा लोकप्रिय अभिनेत्री दिव्यांका त्रिपाठीले ८० हजार देखि एक लाखसम्म एउटा एपिसोडबाट पारिश्रमिक लिने गर्छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार