मंगलबार, मंसिर ४ गते २०८१

‘द नेशनल डिजाईनर रनवे २०२३’ मा आईआईएफटीकी सरु उत्कृष्ट

‘द नेशनल डिजाईनर रनवे २०२३’ मा आईआईएफटीकी सरु उत्कृष्ट

अखबार दैनिक
बुधबार, साउन १० २०८०
  • ‘द नेशनल डिजाईनर रनवे २०२३’ मा आईआईएफटीकी सरु उत्कृष्ट

    काठमाडौँ । ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमासम्पन्न ग्रीष्मकालीन संस्करणको सुवेदीलाई उत्कृष्ट फेसन सिर्जनाले विजेता बनाएको हो ।

    images

    उत्कृष्ट डिजाईनर ड्रेससँगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवेमा नमुना कलेजकी रफिना महर्जन फष्ट रनर अप भइन् ।

    प्रतिभाशाली तथा उदीयमान डिजाईनरहरुले आफ्नो रचनात्मकता र अद्वितीय शिल्प कौशलद्वारा र्याम्प नापेका थिए । देशका प्रतिभाशाली फेशन डिजाइनरहरूले आफ्ना उत्कृष्ट ग्रीष्मकालीन परम्परागत ड्रेसहरुलाई नवीन शैलीमा संयोजन गर्दै नेपाली फेसन पारखीहरुको निम्ति ‘द नेशनल डिजाईनर रनवे’ मा असाधारण दृश्य प्रस्तुत गरेका थिए । 

    रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक थिए ।

    कार्यक्रमले उदीयमान डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दै आएको छ । उत्कृष्ट मोडलहरुको उत्साहजनक प्रस्तुतिमा प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर रनवे’ ले नेपालको फेसन परिदृश्यमा चिरकालीन छाप छाड्न सफल रहेको आयोजक संस्थाकी अध्यक्ष स्वस्ती दंगालले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार