मंगलबार, मंसिर ४ गते २०८१

अक्षय कुमारको ओएमजी-२ को २० सिन काटिएपछि निर्माता असन्तुष्ट

अक्षय कुमारको ओएमजी-२ को २० सिन काटिएपछि निर्माता असन्तुष्ट

अखबार दैनिक
बुधबार, साउन १० २०८०
  • अक्षय कुमारको ओएमजी-२ को २० सिन काटिएपछि निर्माता असन्तुष्ट

    मुम्बई । अक्षय कुमार स्टारर फिल्म  ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ । यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ ।

    images

    ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। तर, यस विषयमा निर्मातालाई कारण देखाऊ सूचना पनि पठाइएको छ । स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन । यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ ।

     ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ । हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन ।  

    फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले  ‘ओएमजी २’ समीक्षा समितिमा पठाएको छ । समीक्षा समितिको जवाफपछि सेन्सर बोर्डले फिल्मको भाग्य तय गर्नेछ । 

    फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म  ‘ओएमजी’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार