मंगलबार, मंसिर ४ गते २०८१

सारुकको निधनपछि के हुन्छ ‘ह्यासट्याग माया’ ?

सारुकको निधनपछि के हुन्छ ‘ह्यासट्याग माया’ ?

अखबार दैनिक
मंगलबार, साउन ९ २०८०
  • सारुकको निधनपछि के हुन्छ ‘ह्यासट्याग माया’ ?

    काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’को निर्माण कार्य अहिले रोकिएको छ । अभिनेता सारुक ताम्राकारको आत्महत्यासँगै  फिल्मको सम्पूर्ण कार्य रोकिएको हो । फिल्म अव निर्माण हुन्छ, हुँदैन । अहिले भन्न सक्ने अवस्था छैन ।

    images

    सारुको निधनको दिनसम्म फिल्म छायाङ्कनमा थियो । फिल्मको लगभग ३५ प्रतिशत छायाङ्कन सकिएको थियो । सारुकको निधनपछि फिल्म फेरि पुरै छायाङ्कन गर्नुपर्ने चुनौती निर्माण युनिटलाई छ । फिल्मका निर्देशक राजीव गुरुङ हुन् ।

    निर्देशक गुरुङ भने फिल्म निर्माण पुरा गर्ने सोचमा छन् । फिल्मको कलाकारदेखि प्राविधिकसम्मको लगानी भएकोले आफू चलचित्रलाई पूर्णता दिने पक्षमा रहेको निर्देशक गुरुङले बताए । ‘फिल्म निर्माणको विषयमा म साथीहरूसँग छलफलमा छु । सम्भवतः फिल्म निर्माण हुन्छ’, गुरुङले थपे ।

    फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिकामा छिन् । फिल्ममा रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायत पनि कलाकारको रूपमा छन् ।

    फिल्मका कार्यकारी निर्मातामा अनुप पौडेल हुन् । फिल्म निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार