एजेन्सी - मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिले फोन गरेर २६र११ जस्तो आक्रमण दोहोरिने धम्की दिएका छन् ।
जुलाई १२ मा आएको उक्त कलमा ती व्यक्तिले भने, ‘पाकिस्तानी नागरिक सीमा हैदर स्वदेश फर्किइनन् भने मुम्बईमा अर्को २६/११ आतङ्कवादी हमला हुनेछ ।’
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रहरी अधिकारीले फोन गर्नेहरूले उर्दू भाषामा कुरा गरिरहेको बताए । यसका लागि उत्तर प्रदेश सरकार जिम्मेवार हुने उनीहरुले बताए ।
मुम्बई पुलिसले उक्त फोनबारे अनुसन्धान गरिरहेको छ र क्राइम ब्रान्चको टोलीलाई पनि यो काममा खटाएको छ ।
उक्त कल एउटा एप मार्फत गरिएको र प्रहरीले कल गर्नेको आईपी ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको अधिकारीले बताए ।
पाकिस्तानी नागरिक सीमा हैदर भर्खरै ग्रेटर नोएडा निवासी सचिन मीनासँग विवाह गर्न अवैध रूपमा भारत प्रवेश गरेकी थिइन् । अनलाइन गेम पबजी खेल्ने क्रममा यी दुईको मित्रता भएको थियो ।