मंगलबार, मंसिर ४ गते २०८१

बीबीसीका प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप

बीबीसीका प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप

अखबार दैनिक
सोमबार, असार २५ २०८०
  • बीबीसीका प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप

    एजेन्सी - बीबीसीका एक कार्यक्रम प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप लागेको छ । प्रस्तोताले किशोरीलाई ३५ हजार पाउन्ड भुक्तानी गरेको भन्ने आरोपमा बीबीसीले आफू प्रहरीको सम्पर्कमा भएको बताएको छ ।

    images

    बीबीसीले सत्य तथ्य पत्ता लगाउन द्रुत गतिमा काम गरिरहेको र आरोप लागेका प्रस्तोतालाई तत्काल निलम्बन गरिएको बताएको छ । तर, प्रस्तोताको परिचय भने सार्वजनिक गरिएको छैन ।

    शुक्रबार ‘द सन’ पत्रिकाले यसबारे पहिलो पटक प्रतिवेदन प्रकाशित गरेको थियो । प्रहरीले यसबारे बीबीसी आफ्नो सम्पर्कमा भएको र यस विषयमा अहिलेसम्म औपचारिक उजुरी नआएको बताएको छ । 

    बीबीसी न्युजका अनुसार सोमबार यसबारे छलफल गर्नका लागि कर्पोरेसनले महानगरीय प्रहरीलाई भेट्न लागेको छ । यद्यपि, बीबीसी र द सन दुवैले प्रस्तोताको पहिचान उजागर गरेको छैन । 

    आइतबारको अर्को रिपोर्टमा द सनले दाबी गरे अनुसार समाचार बाहिर आएपछि प्रस्तोताले आत्तिँदै किशोरीलाई दुई पटक फोन गरे । त्यसपछि उनले सोधे, ‘तिमीले के गरेको यस्तो ?’ यति मात्रै होइन, प्रस्तोताले किशोरीलाई आफ्नी आमालाई तुरुन्त अनुसन्धान रोक्न भनिदिन भने ।

    यसअघि बीबीसीले आइतबार जारी गरेको विज्ञप्तिमा यथासम्भव चाँडोभन्दा चाँडो तथ्य सार्वजनिक गर्न काम गरिरहेको बताएको थियो ।

    बीबीसीले यो कुरा पहिलो पटक मे महिनामा थाहा पाएको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार आएका आरोप नयाँ हुन् र हाम्रो प्रोटोकल अनुसार आन्तरिक तहमा अनुसन्धानका साथै बाहिरका अधिकारीहरूसँग पनि सम्पर्कमा छौँ ।’

    बीबीसीले आगामी दिनमा यस विषयमा थप जानकारी दिने स्थितिमा हुने पनि जनाएको छ ।

    तर, द सनको रिपोर्टमा बीबीसीको पछिल्लो बयानबाट किशोरको परिवार असन्तुष्ट रहेको बताइएको छ ।

    यसका अनुसार ‘प्रारम्भिक उजुरी पछि, बीबीसीबाट कसैले पनि उनलाई अन्तर्वार्ताको लागि सम्पर्क गरेन ।’

    बीबीसी संस्कृति सम्पादक केटी रज्जलले भनिन्, ‘हामीलाई आरोपको सत्यताबारे थाहा छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार