काठमाडौँ । निर्देशक मुस्कान ढकाल नयाँ फिल्म ‘पञ्चामृत’ निर्देशनको तयारीमा छन् । भदौबाट सुटिङमा जाने तयारी गरिएको फिल्म आध्यात्मिक–लभस्टोरी कथावस्तुमा बन्ने लागेको हो ।
सौगात मल्ल, निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्माको अभिनय रहने फिल्मका लागि केही कलाकार छनौटको क्रमा जारी छ । छिट्टै कलाकार छनौट सकाएर निर्माण युनिट प्रिप्रोडक्सनमा जुट्नेछ ।
‘नाईं नभन्नू ल ३’ बाट निर्देशनमा डेब्यू गरेका मुस्कानको यो तेस्रो फिल्म हुनेछ । उनले यस अगाडि ‘समर लभ’ निर्देशन गरेका थिए । तीन च्याप्टरमा निर्माण हुने फिल्मको स्क्रिप्ट सबै च्याप्टरको तयार रहेको बताइन्छ ।
‘दर्पण छायाँ’ जोडी उत्तम र निरुताले डेढ दशकपछि यो फिल्म मार्फत एकसाथ काम गर्न लागेका हुन् । विपनासँग पनि उनीहरुले लामो समयपछि सहकार्य गर्दैछन् । विपना र उत्तम त एक दशकपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । निरुताले भने सन् २०१९ मा फिल्म ‘दाल भात तरकारी’ गरेकी थिइन् ।