काठमाडौं । चलचित्र अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । ताम्राकार गएराति ११ बजेतिर आफ्नै घर रातोपुलमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
सारुकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको तर झुण्डिएको अवस्थामा भेटिएका आत्महत्याको शंका गरिएको प्रहरीको भनाई छ ।
सारुकले ‘रानी’, ‘मेरी मामु र ‘इन्टु मिन्टु लण्डन नामक चलचित्रमा अभिनय गरेका छन् ।