सोमबार, मंसिर ३ गते २०८१

निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए

निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए

अखबार दैनिक
आइतबार, असार १७ २०८०
  • निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए

    धनगढी । निराजन नेपाली र रितिका सुनारले मिस्टर एण्ड मिस एसपीएको उपाधि जितेका छन् ।

    images

    धनगढीको ओम प्यालेसमा शनिबार राति भएको एक कार्यक्रममा  उनीहरुले मिस्टर एण्ड मिस एसपीएको ताज पहिरिएका हुन् । धनगढी २ मा बस्ने निराजन एसपीएको स्नातक तहमा अध्ययनरत छन् । धनगढी शिव नगरकी रितिका एसपीएको कक्षा १२ मा अध्ययनरत छिन् । 

    मिस एण्ड मिस्टर एसपीएका विजेताहरु एक वर्ष एसपीए कलेजको ब्रान्ड एम्बास्डर बन्नेछन् । उनीहरुले एक वर्ष कलेजले छात्रवृत्ति उपलब्ध गराउनेछ । त्यसबाहेक उनीहरुले विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । 

    मिस्टर एसपीए बनेपछि निराजनले मनोरञ्जन क्षेत्रमा आफूले देखेको पहिलो खुट्किलोका रुपमा यो उपाधि रहेको बताए । मिस एसपीए बनेकी रितिकाले भविष्यमा मोडलिङ प्रवेश गर्नका लागि मिस एसपीएको उपाधिले ठूलो सहयोग पुर्‍याउने बताइन् ।

    मिस्टर एपीएको फस्ट रनरअप कक्षा १२ मा अध्ययनरत सागर चन्द भए । यस्तै मिस्टर ट्यालेन्टको उपाधि बीबीएस पहिलो वर्षका सुवास आग्रीले जिते । 

    यस्तै मिस एसपीएको फस्ट रनरअप सन्ध्या सिंह र सेकेन्ड रनरअप प्रीति शाही घोषित भइन् । यस्तै मिस ट्यालेन्टको उपाधि रेखा धानुकले प्राप्त गरिन् । 

    मिस नेपाल अर्थ २०२२ डा. शिर्षा श्रेष्ठ, कलाकार, निर्देशक तथा थियटर आर्टिस्ट पुष्पराज अवस्थी र मिस्टर नेपाल वल्र्ड २०१८ जीवन रेग्मी जुरी मण्डलका रुपमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ