आइतबार, जेठ ६ गते २०८१

विद्रोहको प्रयासपछि वाग्नर प्रमुख बेलारुस पुगे

विद्रोहको प्रयासपछि वाग्नर प्रमुख बेलारुस पुगे

अखबार दैनिक
बुधबार, असार १३ २०८०
  • विद्रोहको प्रयासपछि वाग्नर प्रमुख बेलारुस पुगे

    एजेन्सी - रुसमा विद्रोहको प्रयासपछि वाग्नर समुहका प्रमुख येभगेनी प्रिगोजिन आइपुगेको राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले जानकारी दिएका छन् । बेलारुसको सरकारी टेलिभिजनका अनुसार मंगलबार लुकासेन्कोले उनी बेलारुसमा रहेको पुष्टि गरेका हुन् ।

    images

    बेलारुसमा उनी ठ्याक्कै कहाँ छन् भन्ने चाहिँ खुलाइएको छैन । शनिबार रोस्तोभ–अन–डन स्थित सैन्य मुख्यालय छाडेपछि प्रिगोजिनको कुनै तस्बिर वा भिडियो सार्वजनिक भएको छैन । यद्यपि, स्याटेलाइट तस्बिरको अध्ययन गर्ने कम्प्नी ब्ल्याकस्काईले प्रिगोजिनसम्बद्ध दुई विमान बेलारुसको राजधानीबाहिर रहेको एक सैन्य हवाई बेसमा मंगलबार बिहान ल्यान्ड भएको जनाएको छ ।

    फ्लाइट राडार २४ का अनुसार दुई विमान मंगलबार बिहान ८ बजे मिन्स्क नजिक अवतरण भएका थिए । दुवै विमानले अवतरण अघि नै ट्रान्सपोर्डर बन्द गरेका कारण उनीहरू अवतरण भएको सटिक स्थान भने पत्ता लाग्न सकेको छैन ।

    युरोपको जासुसी संस्थाले पनि ती दुवै विमान प्रिगोजिनकै रहेको पुष्टि गरेको छ । यद्यपि, विमानमा उनी सवार थिए कि थिएनन् भन्ने चाहिँ यकिन हुनसकेको छैन ।
    –सीएनएन

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ