आइतबार, जेठ ६ गते २०८१

भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, असार ११ २०८०
  • भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

    एजेन्सी  ओडिसाराज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    images

    रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उपचारका लागि बह्रम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ । –टाइम्स अफ इन्डिया

    प्रतिक्रिया दिनुहोस

    थप समाचार